Rule 3
धुम्रपान तथा सूर्ति सेवन गर्ने ठाऊँमा कायम गर्नु पर्ने कुराहरु
(१) पर्यटकीयस्तरको होटलको व्यवस्थापकले मानिसको आवत जावत कम हुने र धुम्रपान तथा सूर्ति सेवन नगर्ने व्यक्तिलाई प्रतिकूल असर नपर्ने गरी होटल बाहिरको कुनै एक ठाउँ धुम्रपान तथा सूर्ति सेवन गर्ने प्रयोजनका लागि तोक्न सक्नेछ ।
तर, त्यसरी तोकिएको ठाउँ होटलको झ्याल तथा होटलमा प्रवेश गर्ने ढोका भन्दा टाढा हुनु पर्नेछ र त्यस्तो ठाउ“मा धुम्रपान गर्दा उत्सर्जन हुने धु“वा र गन्ध होटलभित्र नपस्ने व्यवस्था गर्नु पर्नेछ ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “पर्यटकीय स्तरको होटल” भन्नाले पर्यटन ऐन, २०३५ बमोजिम दर्ता भएको होटल सम्झनु पर्छ ।
(२) व्यवस्थापकले ऐनको दफा ४ को उपदफा (३) बमोजिम कारागार र विमानस्थलमा धुम्रपान तथा सूर्ति सेवन गर्न छुट्याइएको ठाउँमा कायम गर्नु पर्ने आधारभूत कुराहरु देहाय बमोजिम हुनेछः–
(क) आफै बन्द हुने ढोकाको व्यवस्था गरी धुम्रपान तथा सूर्ति सेवन गर्न कोठा निर्माण गर्नु पर्ने,
(ख) धुम्रपानबाट उत्सर्जन हुने धु‘वा कोठाबाट सिधै बाहिर जाने व्यवस्था गर्ने,
(ग) एकपटकमा सकभर एकभन्दा बढी व्यक्तिले धुम्रपान तथा सूर्ति सेवन गर्न नमिल्ने गरी कोठाको व्यवस्था गर्ने
(३) पर्यटकीयस्तरको होटलले स्थान अभावको कारण उपनियम (१) बमोजिम धुम्रपान तथा सूर्ति सेवनको लागि छुट्टै ठाउँको व्यवस्था गर्न नसकेमा उपनियम (२) बमोजिमको व्यवस्था गरी कुनै खास ठाउँमा धुम्रपान तथा सूर्ति सेवन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ ।
(४) उपनियम (१) र (२) बमोजिम धुम्रपान तथा सूर्ति सेवन गर्न तोकिएको ठाउँ र बनाइएको कोठामा कुर्सी, टेवल लगायतका कुनै फर्निचर राख्न पाइने छैन ।
(५) व्यवस्थापकले उपनियम (१) र (२) बमोजिम धुम्रपान तथा सूर्ति सेवन गर्न तोकिएको ठाउँ र बनाइएको कोठामा धुम्रपान तथा सूर्ति सेवन स्वास्थ्यको लागि हानिकारक छ भन्ने व्यहोराको सूचना सजिलै देख्न र पढ्न सक्ने गरी टाँस गर्नु पर्नेछ ।